असार २४, काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले आज आइतबार प्रहरीले कृष्णबहादुर राउतलाई नियन्त्रणमा लिएको जानकारी दिएकी हुन ।
सीआईबीले कृष्णबहादुर राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी समेत गराईसकेको छ।
त्यसैगरि आज सीआईबीले ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ गरेको छ ।
आज पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी गराएकी हुन ।
- न्युज बहार संवाददाता