Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीलाई नक्कली शरणार्थी प्रकरणमा दह्रो सँग खुट्टा टेक्न कांग्रेसका तीन नेताको सुझाव।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका तीन नेताले आज भेटेर नक्कली शरणार्थी प्रकरणमा खुट्टा नकमाई दह्रो सँग टेक्न सुझाव दिएका छन् ।

आज शुक्रबार बिहान सहमहामन्त्री भीष्मराज आङ्देम्बे र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश  प्रचण्डसँग भेटवार्ता गरेका थिए।

बालुवाटार स्रोतले प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका तीन नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए भने कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव समेत दिएका छन ।

  • न्युज बहार संवाददाता

थप