चैत
२४, काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ
गर्न प्रवेश पत्र लिनुपर्ने भएको बताएको छ।
गृहले आजदेखि चैत २९ गतेसम्म गृहमा परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको छ।
यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा विभूषण वितरणका लागि समारोह हुन गइरहेको छ।
- न्युज बहार संवाददाता