बैशाख ३१, काठमाडौँ। आइतबार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
प्रहरीले यो प्रकरणमा पक्राउ परेकाहरु सबैलाई म्याद थपका लागी अदालतमा पेश गरेको छ, तर म्याद थपको निर्णय भने भइनसकेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहाल बताएका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई पक्राउ गरेको छ ।
- न्युज बहार संवाददाता