पुस २, काठमाडौँ । नगर प्रहरी पुग्दा
जनता आतंकित हुने अवस्थाको अन्त्य हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका
छन् ।
उनले आज मंगलबार
ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर
नगर प्रहरीको प्रशंसा समेत गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री
ओलीले जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड
दिएका छन ।
- न्युज बहार संवाददाता