चैत २०, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आज सोमबार बिहानै उपराष्ट्रपति यादव राष्ट्रपति पौडेललाई भेट्न टिचिङ अस्पताल महाराजगञ्ज पुगेका हुन्।
शनिबार साँझदेखि पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनी अहिले पनि अस्पतालमा चिकित्सकहरूको निगरानीमा छन।
राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार
राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख रहेको छ।
- न्युज बहार संवाददाता