चैत
५, काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने
भएको जानकारी प्राप्त भएको छ। उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन निर्वाचन
आयोगले आज दिउँसो ४ बजे राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।
उक्त
प्रतिवेदन बुझाएपछि भोलि सोमबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई
सपथ गराउने कार्यक्रम रहेको छ। गत चैत ३ गते रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा
निर्वाचित भएका थिए।
- न्युज बहार संवाददाता