चैत १, काठमाडौँ। प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। आज काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका छन।
प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको जानकारी दिएको छ। आज भएको भेटको अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता