असोज
३०, काठमाडौ । गैरआवासीय नेपालीलाई सरकारले गैरआवासीय नागरिकता प्रदान गर्ने कार्य
सुरू गरेको छ।
गैरआवासीय
नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्रि केसी र अध्यक्ष कुल आचार्यलाई आज
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल
‘प्रचण्ड’ले गैरआवासीय नागरिकता प्रदान गरे यस
कार्यको सुरुवात गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय
पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो भने जिल्ला
प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसीको नाममा नागरिकता
जारी गरेको थियो ।
दुवै
जिल्लाका प्रमुख जिल्ला अधिकारीले ती नागरिकता प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका
थिए।
- न्युज बहार संवाददाता