भदौ ११, काठमाडौँ । आजदेखि नयाँ कार्यकालका लागि प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नेतृत्व पाउने भएको छ ।
दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन आज हुन लागेको हो ।
संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि यो दोस्रो पटक संसदीय समितिको निर्वाचन हुन लागेको हो ।
समितिको सभापति चयन गर्ने आज दिउँसो ३ बजे बैठक बस्न लागेको छ ।
- न्युज बहार संवाददाता