चैत
१४, काठमाडौँ। अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।
आज
अपराह्न बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड, नेकपा
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर
देउवा, नागरिक
उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष
बाबुराम भट्टराई लगायत सत्ता गठबन्धन दलका अन्य शीर्ष नेताहरु सहभागी छन्।
अहिले जारी रहेको बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम
साझा कार्यक्रमबारे छलफल भइरहेको जानकारी प्राप्त भएको छ।
- न्युज बहार संवाददाता