जेठ ११, काठमाडौँ । संघिय संसद अन्तरगत आज
प्रतिनिधि सभाको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ वानेश्वर स्थित संघिय संसद
भवनमा प्रतिनिधि सभाको बस्दै छ । आज बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम
पारित गर्ने तयारी रहेको छ । सम्भावित कार्यसूची अनुसार आजको प्रतिनिधि सभा बैठकमा
नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने रहेको छ ।
संसद
सचिवालयले यो सम्भावित कार्यसूचीलाई सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको जनाएको
छ ।
त्यस्तै
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा
कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता