साउन २९, काठमाडौँ । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनधी सभा बैठक अवरोध गरेको छ । एमालेको नाराबाजीले अवरोध पछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।
एमालेका सांसदहरुले उठेर सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
- न्युज बहार संवाददाता