जेठ १३,
काठमाडौँ । आज संघिय संसदद अन्तर्गत प्रतिनिधी सभा बैठक बस्दै छ । नयाँ वानेश्वर
स्थित संघिय संसद भवनमा बस्ने बैठकमा सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची
सार्वजनिक गरिसकेको छ । सम्भावित कार्यसुचि अनुसार बैठकमा प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा सभामुख
देवराज घिमिरेले पढेर सुनाउने छन् ।
त्यस्तै
आज नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र
सम्बोधनमाथि छलफल गरिने कार्यसूची पनि रहेको छ ।
त्यसैगरी
आजको
बैठकमा शिक्षा, स्वास्थ्य
तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी
विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने लगायत अन्य सम्भावित कार्यसूचीमा रहेको
छ ।
- न्युज बहार संवाददाता