चैत
१९, काठमाडौँ। आज आईतबार प्रतिनिधिसभा बैठक बस्दैछ।
आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने तयारी रहेको संसद सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको कार्यसूची रहेको छ।
यस मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ भने त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
- न्युज बहार संवाददाता