असार १८, काठमाडौँ । उपप्रधानमन्त्री तथा
गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी
प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाइ पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च
अदालतमा परेको रिट निवेदनमाथि आज मंगलबार सुनुवाइ हुने भएको हो ।
गत जेठ १४
गते लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिटमा
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे लगातार जस्तो सुनुवाइ सर्वोच्च
अदालतमा भइरहेको छ ।
- न्युज बहार संवाददाता