कात्तिक १, काठमाडौँ । संघीय सरकारले संकटग्रस्त
क्षेत्रका स्थानियलाई राहत रक दिने भएको छ । संघीय सरकारले गएको असोज १२ को पहिरो र
बाढी र डुवानपछि
संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म
राहत रकम दिने जनाएको हो ।
संकटग्रस्त
क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा आज बिहीबार बसेको
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको
बैठकले बर्गीकरण गरेको छ । सोही बर्गीकरण अनुसार राहत दिइने छ ।
बर्गीकरण अनुसार
पहिलो समूहमा परेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा परेका १२ स्थानीय
तहलाई ७५ लाख तथा तेस्रो समूहमा परेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिइने छ ।
- न्युज बहार संवाददाता