असार ३, काठमाडौँ । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।
प्रचण्डले
आज मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसद्मा
विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद् अवरोध रहिरहोस् भन्ने
सरकारको चाहना रहेको जनाएका हुन् ।
यस
विषयमा उनले आफ्नो भनाई यसरी राखे, ‘अहिले संसद्मा विचाराधीन
ऐनहरूको बारेमा काँग्रेस र एमाले सरकारमा छन्, जेसुकै गरुन् भन्यो भने उनीहरू
नगर्ने पक्षमा छन्, तपाईँहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध
रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ, यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना
छ।’
- न्युज बहार संवाददाता