मंसिर ५, काठमाडौँ । सरकारले आज मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन अर्थसहित विभिन्न मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग लगायत निकायसँग छलफल गरेका थिए।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यही विषयमा निजी क्षेत्रसँग पनि छलफल गरिने जानकारी दिएका छन।
- न्युज बहार संवाददाता