जेठ १६, विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलनमा रहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गरेको छ ।
कोशी प्रदेश सरकारको तर्फबाट कोशी प्रदेश प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै पक्षधरहरुलाई वार्तामा आउन आग्रह गरेका हुन् ।
उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्न र आन्दोलनका कार्यक्रमलाई स्थगित गरी वार्तामा आउन अनुरोध समेत गरेका छन्।
- न्युज बहार संवाददाता