पुस २७, काठमाडौँ । ‘सुन्तला’ लाई नेपालको ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने सरकारद्वारा निर्णय गरिएको छ । प्रदेश
निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी कृषि तथा पशुपन्छी विकास
मन्त्रालयले गर्ने भएको हो ।
कृषि तथा पशुपन्छी
विकास मन्त्रालयले दिएको जानकारी अनुसार २४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा
सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको हो ।
सुन्तलालाई राष्ट्रिय
फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका
कृषि मन्त्री र सचिवहरूसँग मन्त्रालयले छलफल गरेको थियो ।
- न्युज बहार संवाददाता