बैशाख
१८, काठमाडौँ। सरकार र धर्नामा बसेका महावीर पुनबिच ७ बुँदे सहमति भएको छ।
आज सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पुन र सरकार बिच ७ बुदेँ सहमति भएको हो।
दुबै पक्षबिच भएको सहमतिमा आविष्कारसम्बन्धी कार्य गर्न सरकारले छुट्टै कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत सहमति भएको छ।
सोमबार रक्षा मन्त्रालयमा सकारका तर्फवाट उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच भएको वार्तामा ७ बुँदे सहमति भएको हो।
- न्युज बहार संवाददाता