साउन ३०, काठमाडौँ । गोरखा जिल्लामा भेटिएको टल्कने ढुङ्गा (क्वार्ज क्रिष्टल) लाई सरकारले गोरखामा राख्ने निर्णय गरेको छ । उक्त बहुमूल्य क्वार्ज क्रिष्टललाई गोरखा दरबारमै राख्ने निर्णय सरकारले गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गोरखामा रहेको बहुमूल्य क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी दिएका हुन ।
साथै त्यो बहुमूल्य स्टोनलाई संरक्षण गर्ने व्यक्तिलाई धन्यवादका साथै उसलाई पुरस्कृत गर्ने पनि निर्णय भएको छ ।
- न्युज बहार संवाददाता