Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

कांग्रेसले फेरी राख्यो गृहमन्त्रीको नाम मुछिएको विषयमा छानबिन गर्ने संसदीय समिति गठनको माग

  •   ४ महिना अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग नेपाली कांग्रेसले दोहोर्‍याएको छ ।

कांग्रेसले रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको हो ।

कांग्रेसका सांसद रामकृष्ण यादवले आज मंगलबारको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै भने, ‘सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन त्यसैले आरोप टुंग्याउन सहयोग गर्नुहोस् ।

सांसद यादवले विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले उक्त छानबिन प्रक्रिया अवरुद्ध भएको बताएका हुन ।

  • न्युज बहार संवाददाता

थप