Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिर्के खोला मिचेर बनाइएको संरचना भत्काउन पोखरा महानगरले निकाल्यो सुचना

  •   ३ वर्ष अघि | ११ कार्तिक २०८०, शनिबार

कार्तिक ११, पोखरा । फिर्के खोला मिचेर बनाइएको संरचना भत्काउन पोखरा महानगरपालिकाले सूचना निकालेको छ ।

यसअघि महानगरले नाप जाँच गरेर खोला घरका संरचना छुट्टाएको थियो । सोही नाप जाँचका अनुसार अहिले सबै संरचना ३५ दिनभित्र भत्काउन सूचना जारी गरिएको हो ।

महानगरले सार्वजनिक गरेको सुचनामा भनिएको छ ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी पोल गाडिएको भन्दा भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्ण रुपमा हटाउनुहुन सार्वजनिक सूचना जारी गरिएको छ, यसै सूचना साथ उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा जानकारी गराइन्छ।’

  • न्युज बहार संवाददाता

थप