बैशाख ९, काठमाडौँ । खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् ।
गण्डकी सरकारमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाको आज बस्न लागेको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्नको लागि मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका छन ।
- न्युज बहार संवाददाता