बैशाख २४, काठमाडौँ । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो भने राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो ।
- न्युज बहार संवाददाता