साउन ११, काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चले कोशी प्रदेश सरकारमा सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको छ ।
यसका साथै सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश समेत दिएको छ । यस्तो व्यवस्था नभए अर्को उपधारामा जान पनि उकत् आदेशमा भनिएको छ ।
- न्युज बहार संवाददाता