साउन ३०, काठमाडौँ । तस्करीको सुन आज गालिने भएको छ । मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको सुन आज गालिने कार्य सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले टक्सार महाशाखामा सुरक्षा निकायका प्रतिनिधि र सरोकारवाला निकायको र रोहबरमा सुन गाल्ने थालिएको जानकारी दिएका छन । उनले सुन गाल्ने काम १०: ३० बजेबाट सुरु भएको जनाएका छन ।
- न्युज बहार संवाददाता