साउन १४, रुपन्देही। रुपन्देहीको भैरहवामा रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी रहेको छ । मंगलबार नै बैठकका लागि रास्वपा नेता र सांसदहरु भैरहवा पुगिसकेका थिए ।
आज बिहान जिल्ला
कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई नेताहरुले भेटेपछि दलको बैठकमा
बसेका हो । अहिले संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेलमा जारी रहेको
छ ।
रास्वपा
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार संसदीय दलको बैठकमा संसदमा
पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पेश भएका विभिन्न विधेयक, सरकारले विपक्षीको माग सम्बोधन
नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, भ्रष्टाचारका मुद्दामा पार्टीले
लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ ।
- न्युज बहार संवाददाता