Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले गर्यो प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय।

रास्वपाले गर्यो प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। 

आज आइतबार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन। 

प्रधानमन्त्री प्रचण्डले भोली सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

रास्वपाले यसअघि पुस २६ गते प्रचण्ड प्रधानमन्त्री हुदा पनि विश्वासको मत दिएको थियो। तर रास्वपा माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिए पनि प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो। यता नयाँ बनेको गठबन्धनमा ‍औपचारिक रूपमा रास्वपा सहभागी भएको छैन।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना रहेको छ। रास्वपाका अहिले प्रतिनिधि सभामा १९ सांसदहरु छन्।

 

  • न्युज बहार संवाददाता

थप