चैत १०, काठमाडौं । वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने तनहुँ चितवन, र बारा सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले भने ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउदैछौं।’
यसै बिच आजको बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको जानकारी बुर्लाकोटीले गराएका छन।
- न्युज बहार संवाददाता