Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा रास्वपाले माग्यो सार्वजनिक सुझाव

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक सुझाव मागेको छ । सरकारले सदनमा पेस गर्न लागेको प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा ऐनमा चौतर्फी विवाद उत्पन्न भइरहेका बेला यस समयमा रास्वपाले सार्वजनिक सुझाव मागेको हो । 

सोमबार रास्वपाकी शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ र विधेयक मन्थन विभागका प्रमुख गणेश कार्कीले भिडियोमार्फत संयुक्त रूपमा सुझाव मागेका हुन् । उनीहरूले दर्ता भएको विधेयकमा देखिएको कमजोरी, समस्या लगायतका विषयमा सुझाव सल्लाह उपलब्ध गराइदिन आह्वान गरेका छन । 

  • न्युज बहार संवाददाता

थप