Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राप्रपाले स्थगित भएका आन्दोलनका कार्यक्रमलाई पुन: अघि बढाउने

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुन: निरन्तरता दिने निर्णय गरेको छ ।

आज मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

यसअघि २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने भएपछि तय भएका यी कार्यक्रम स्थगित गरिएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त कार्यक्रम पुनः अघि बढाउने निर्णय भएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप