पुस १९, काठमाडौँ । नेपाल सरकारले रूस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको छ । युद्धग्रस्त देश युक्रेन र रूसमा दिइने स्वीकृति सरकारले बन्द गरेको हो।
यी
मुलुकका लागि यसअघि श्रम स्वीकृति दिन गरिएको थियो।
वैदेशिक
रोजगार विभागका अनुसार युद्ध चलिरहेका बेला पनि नेपाली युवाहरू रूसी सेनामा भर्ना
भइरहेका कारण श्रम स्वीकृति स्थगन गरिएको हो ।
आज विभागले
सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको
जनाएको छ।
रूसी सेनामा पछिल्लो
समय नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन्।