बैशाख
२७, काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा सबैको
नेतादेखि उसका नातासम्मलाई नछाड्न नेपाली कांग्रेसका सांसद तथा महसमन्त्री गगन
थापाले आग्रह गरेका छन्।
प्रतिनिधि
सभाको आज बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले शरणार्थी प्रकरणमा दोषी एक
जनालाई पनि नछाड्न आग्रह समेत गरेका छन्।
थापाले
भने, ‘अहिलेसम्म
जे भएको छ, म
सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई
छ, संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’
थापाले
बजारको हल्ला र कुनै भेटघाटले पनि अनुसन्धान प्रभावित हुन नहुने बताएका छन।
प्रतिनिधि
सभाको आज बुधबारको बैठकमा बोल्दै उनले भने ‘कुनै दबाबले अनुसन्धान प्रभावित
नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस्
एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि
उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खालि
हुन्छ।’
- न्युज बहार संवाददाता