भदौ १०, काठमाडौँ । संसदीय समिति ‘मिनी पार्लियामेन्ट’को नेतृत्व चयन प्रक्रिया रूपमा अघि बढेको छ। प्रतिनिधिसभाको निर्वाचन भएको करिब ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हो।
सभामुखले
प्रतिनिधिसभाको बिहीबारको बैठकमा गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण
गरेको घोषणा गरे अनुरूप निर्वाचन प्रक्रिया अघि बढेको हो।
सचिव पद्मप्रसाद पाण्डेयले यसका लागी आज बिहान ११ बजे देखि
दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने गरी निर्वाचन
कार्यक्रम प्रकाशित गरिएको बताएका छन।
- न्युज बहार संवाददाता