Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भैरहवा जाने तयारीमा रवि लामिछाने, आज नछुट्ने

  •   ७ महिना अघि | ३ पुस २०८२, बिहिबार

पुस ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज नछुट्ने भएका छन । बिहीबार उच्च अदालत बुटवलले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी अहिले भैरहवा जाने तयारीमा रहेका छन्। आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी भैरहवा जान लागेका हुन्।

रास्वपा स्रोतका अनुसार लामिछाने भोलि बिहान हवाई मार्गबाट भैरहवा जाने तयारीमा छन्। नख्खु कारागार पुगेका पार्टीका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नआएकाले रवि भोलि मात्र रिहा हुने जानकारी दिएका छन्।

ढकालका अनुसार छुट पुर्जी जिल्ला अदालतबाट भोलि मात्र आउने भएकाले लामिछानेले भैरहवामा गएर पुर्जी लिने र त्यसपछि रिहा हुनेछन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटी रकम बुझाएर लामिछानेलाई रिहा गर्न आदेश दिएको हो। बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको निवेदनअनुसार बिगो बराबरको धरौटी बुझाएपछि छाड्न आदेश दिएको थियो।

  • न्युज बहार संवाददाता

थप