Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सांसद बैठकमा गोकुल बास्कोटाको गितिलयमा अर्थमन्त्रीलाई प्रश्न : यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ । आजको प्रतिनिधी सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

आज को बैठकमा शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।

बास्कोटाले भने ‘कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा बजेटको समन्यायिक वितरण नभएको हो।’ उनले पुन प्रश्न गर्दै भन्छन ‘कसले दियो त्यो चिर्कटो, अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई?’

उनी पुन प्रकाश सपुतको गिति लयमा अर्थमन्त्रीलाइ प्रशन थप्दै भन्छन ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

अन्तिममा उनले चेतावनीको भाषामा विनम्रतापूर्वकभने ‘मैले कालो झण्डा लिएर उभिनु नपरोस्।’

  • न्युज बहार संवाददाता

थप