Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि।

आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, काठमाडौँ। निर्वाचन आयोगले आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि लागू हुने जनकारि दिएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै देखि प्रचारप्रसार निषेधको अवधि लागू गरिएको हो।

उपराष्ट्रपति निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी यही २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । 

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, विश्वसनीय, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न उक्त आचारसंहिताबमोजिम निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

  • न्युज बहार संवाददाता

थप