पुस १९, रामेछाप । भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बिहीबार औपचारिक रुपमा नेपाल र भारतीबीचको सचिवस्तरीय बैठकमा व्यापारसम्बन्धी सम्झौतामा अन्तिम हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्रीले बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको बताएका हुन ।
उनका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको छ । नेपालले सम्झौताअनुसार भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्नेछ ।
- न्युज बहार संवाददाता