वैशाख १२, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन ।
विपक्षी
दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि
प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बर्तौलाले जनाएका छन ।
- न्युज बहार संवाददाता