जेठ
१७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत जाँदै छन। चारदिने भ्रमणका लागि उनी लगायत अन्य केही मन्त्रीहरु पनि भारत
जाने तालिका रहेको छ।
प्रधानमन्त्रीको
प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री आज दिउँसो १ बजे नेपाल एअरलाइन्सको
उडानमार्फत भारत प्रस्थान गर्ने जानकारी दिएका हुन।
प्रचण्डको यो प्रधानमन्त्री बनेपछि पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा उर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहेको छ।
- न्युज बहार संवाददाता