पुस १०, काठमाडौँ । आज मंगलबार साँझ पाँच बजे प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन
गर्ने भएका छन्।
सरकारको
एक वर्षे उपलब्धिसहित प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न
लागेका हुन्।
सरकार एक
वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका
प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन ।
तेस्रोपटक
प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष
पूरा गरेको यो पहिलोपटक हो।
- न्युज बहार संवाददाता