Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आज बिहान कतार एअरलाइन्सको विमानबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा भाग लिन गणतन्त्र युगान्डाको राजधानी कम्पालाका लागी प्रस्थान गरेका हुन ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा सरकार सम्हाल्ने छन् ।

  • न्युज बहार संवाददाता

थप