Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चैत ६ गते प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिने।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौँ। यही चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन्। शीर्ष तहमा भएको छलफल अनुसार प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभयो, प्रधानमन्त्रीज्यूले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो।’

तर यही निर्णय हो भनेर औचारिक भइसकेको छैन।  सत्ता साझेदार शीर्ष दलका नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी भने बनाएका ती सदस्यले बताएका छन। विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेका छन् ।

 

  • न्युज बहार संवाददाता

थप