चैत
१६, चितवन। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थलको नयाँ टर्मिनल
भवनको शिलान्यास गरेका छन्।
बिहीबार
प्रधानमन्त्री दाहालले एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँ बजेटमा बन्न
लागेको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।
केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षभित्र
सम्पन्न गर्नेगरी निर्माणको जिम्मा पाएको छ।
नागरिक
उड्डयन प्राधिकरणले १४ कट्ठा जमिनमा ८ हजार वर्गमिटर बढी क्षेत्र ओगटेर २ तल्ले
आधुनिक टर्मिनल भवन निर्माण हुने जनाएको छ।
यसको
लागी कन्ट्रोल टावर भने ८ तलाको बन्नेछ।
नागरिक
उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणसँगै विमानस्थल विस्तारको काम पनि अघि
बढाउने तयारी गरेको छ।
- न्युज बहार संवाददाता