भदौ २७, काठमाडौँ
। अमेरिका जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने जनाइएको छ
। एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले संयुक्त
राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न
लागेका हुन ।
प्रमुख
सचेतक बर्तौलाले प्रधानमन्त्रीले भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधनमा राष्ट्रसंघमा
उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने जानकारी दिएका छन ।
प्रधानमन्त्री
केपी शर्मा ओली असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
- न्युज बहार संवाददाता