Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजावादीहरुको भोली झापामा अघोषित शक्ति प्रदर्शनको तयारी

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसमेतको सहभागितामा राप्रपाले झापामा अघोषित शक्ति प्रदर्शनको तयारी गरेको छ ।

शनिबारका लागी पृथ्वीनारायण शाहको ५ फिट अग्लो सालिक अनावरण गर्ने कार्यक्रम झापाको विर्तामोडबाट झण्डै डेढ किलोमिटर पश्चिम रामचोकस्थित देवी पञ्चकन्या प्लटिङमा रहेको इकम कलेजले आयोजना गरेको छ । पूर्वराजा शाह उक्त कार्यक्रमका लागि आजै झापा जादैँछन ।

पूर्वराजा शाह आज भद्रपुर विमानस्थल हुँदै झापा आएर धुलाबारीमा रहेको होटल मेची क्राउनमा बस्नेछन् । क्याम्पस व्यवस्थापनका अनुसार शनिबार दिउँसो १ बजे सालिक अनावरण र क्याम्पस उद्घाटनको औपचारिक कार्यक्रम राखिएको छ ।

त्यसअघि नेपालको राष्ट्रिय झण्डा बोकेर राप्रपाले पूर्वराजालाई उक्त होटलदेखि कलेज परिसरसम्म स्कर्टिङको तयारी गरेको छ ।

राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापाले भने ‘राजाको भव्य स्वागतमा हामी नागरिक समाजको हैसियतले जान्छौँ यति नै मानिस आउँछन् भन्ने आकलन हामीले गरेका छैनौँ, तर, जतिसक्दो धेरै उपस्थिति देखाउँ भन्नेमा छौँ, कार्यक्रमलाई इतिहासमा लेखाउने तयारी गरेका छौँ, हामी नागरिक भएर राष्ट्रिय झण्डा बोकेर बाटोमा स्वागत गर्छौं, पुष्प गुच्छा दिन्छौँ ।’

  • न्युज बहार संवाददाता

थप