Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका हो कि भन्ने लाग्न थालेको प्रदीप ज्ञवालीको टिप्पणी

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका हो कि भन्ने लाग्न थालेको टिप्पणी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् । उपमहासचिव ज्ञवालीले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको औंल्याएका छन् ।

यस विषयमा ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन/सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेन्डा लाग्न थालेको छ।’ 

  • न्युज बहार संवाददाता

थप